कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध


गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध बनेका छन् ।

आज बिहान आएको पहिरोले कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा माथिबाट खसेको पहिरोका कारण उक्त करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–३ स्थित घुम्तीमा पनि आज बिहान माथिबाट खसेको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको छ ।

प्रहरी चौकी पुर्तीघाट र चारपालाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सडक खुलाउन टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।