तोलामा झण्डै ९ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एकैदिन सुन तोलामा ८ हजार ८०० रुपैयाँले र चाँदी तोलामा १८५ रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३०४.८७ अमेरिकी डलर र चाँदी ६३.६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।