नेशनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा एक्वीजिशन गर्न सैद्धान्तिक स्वीकृती

0
Shares

नेशनल माइक्रोफाइनान्स (NMFBS) ले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाएको छ ।

नेपाल राष्ट्र बैंकले वैशाख १५ गते दुई लघुवित्त कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृती दिएको नेशनल माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादबले जानकारी दिए ।

अब ती दुबै कम्पनीले आ-आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि तीन महिनाभित्रमा नेपाल राष्ट्र बैकमा निवेदन दिनुपर्नेछ ।

त्यसपश्चात राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएपछि एकीकृत काराबोर शुरु हुनेछ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले २०७७ माघ ८ गते मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ मा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सहमति गरेको थियो । सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।