नागढुङ्गा नजिकै पातले वनमा सडक भासियो, वैकल्पिक व्यवस्थामा नागढुङ्गा सुरुङमार्ग


काठमाडाँै । पृथ्वी राजमार्गको नागढुङ्गा नजिकै रहेको पातले वनमा सडक भासिएको छ । जसले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

सडक विभागका अनुसार, सडक भासिएको स्थानबाट अहिले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर र दुई पाङ्ग्रे सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। अन्य सबै प्रकारका सवारी साधनहरूलाई भने वैकल्पिक व्यवस्था स्वरूप नागढुङ्गा सुरुङमार्ग भएर पठाउने प्रबन्ध मिलाइएको छ।

सडक भासिएको जानकारी पाउनासाथ विभागको प्राविधिक टोली निरीक्षणका लागि घटनास्थलमा पुगिसकेको छ। टोलीले सडक भासिनुको कारण र त्यसको मर्मतका लागि आवश्यक प्राविधिक पक्षको अध्ययन गरिरहेको छ।

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा क्षति पुगिरहेका बेला काठमाडौँको मुख्य नाकामै सडक भासिएपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।