एकैदिन ७६ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एकैदिन सुन तोलामा ७ हजार ६०० रुपैयाँले र चाँदी तोलामा १२५ रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३३.२५ अमेरिकी डलर र चाँदी ६५.९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।