लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा, २४ सै घण्टा सेवा दिने

0
Shares

राजधानीमा पहिलो पटक २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ ।

विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुराउने उदेश्य स्वरुप लाटो कोषेरो फुड सञ्चालनमा आएको हो । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उदेश्य रहेको छ । उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ ।

रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिनेछ। लाटोकोशेरो डटकमले – www.laatokoshero.com आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटो कोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोसेरोले उपत्यकाको जुनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकित्सक, नर्स, हेल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० ५ छुट दिने ब्यवस्था रहेको यहाँका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।