मेदान्ता–द मेडिसिटी हस्पीटल र प्रभु बैंकबीच छुट सम्बन्धी सम्झौता


काठमाडौँ । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।

यससम्बन्धी सम्झौताअनुसार अस्पतालको बहिरङ्ग सेवा ‘ओपीडी’ अन्तर्गतका परामर्श, प्रयोगशाला तथा रेडियोलोजी परीक्षणमा प्रचलित दरमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, अन्तरङ्ग सेवा ‘आईपीडी’ अन्तर्गत कोठा भाडा, प्रयोगशाला तथा रेडियोलोजी परीक्षणमा पनि १५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।

सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। सम्झौता १५ अगस्ट २०२६ देखि १४ अगस्ट २०२८ सम्म लागू हुने जनाइएको छ।

प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।