भोटेकोसी बाढीले सुरुङमा फसेका थप एक जनाको जीवितै उद्धार


काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले बताए ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनाले जिवितै उद्धार गरेको हो ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  ०९ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।