को हुन् १० दिनपछि सुरुङबाट उद्धार गरिएका दुई व्यक्ति ?


काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ ।

शुक्रबार बिहान उद्धार गरिएका एक जना सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो ।

यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट फसेका कविर महर्जनको पनि जीवितै उद्धार गरिएको छ । कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।