एनएमबि लघुवित्तको नाफा साढे १२ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधमिा ४ करोड ५९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा १७५ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तका अधिकांश सूचकमा बढोत्तरी भएको छ । चुक्ता पूँजी पनि ३३.२८ प्रतिशतले बढाएर ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ बढेर ३१.२७ रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको जगेडा कोषको आकार १९.८१ प्रतिशत, निक्षेप संकलन २७.५१, कर्जा लगानी ४६७.८९, खुद ब्याज आम्दानी ९२.२२, सञ्चालन नाफा १२३७.९५ प्रतिशत तथा प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ०.३७ रुपैयाँले बढेको छ ।

चैत मसान्तसम्म लघुवित्तले १ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ८३ करोड ३ लाख रुपैयाँ सापटी लिई ५ अर्ब २५ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३३ करोड ९९ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २० करोड ३ लाख ५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा २९ करोड ३३ लाख ३७ हजार रुपैयाँ भएको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.३४ रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा अनुपात ३.४७ प्रतिशत, कोषको लागत ६.२२ प्रतिशत र मूल्य आम्दानी अनुपात ४९.७३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।