हालसम्म बाढीका कारण प्रभावित भएका कतिको उद्धार भयो ?


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो ।

प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने ५ हजार ८३ अझै सम्पर्कविहीन छन् ।

हाल विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको छ । हाल नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ । प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।