सुन तोलामा ४०० रुपैयाँले महङ्गियो

0
Shares

सुनको मूल्य सोमबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको ४०० रुपैयाँले बढेको हो । त्यस्तै आइतबार स्थीर रहेको चाँदीको भाउ पनि सोमबार तोलाको ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी ८९ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।