भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर


भक्तपुर । भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०/५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो ।

नगरपालिकाले पहिलो पटक गैरसार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको यो नै नेपालको पहिलो भएको बताइन्छ । यसपछि विस्तारै काठमाडौँ, ललितपुरलगायत ठाउँमा पनि घुम्न आउने विदेशी पर्यटकसँग ती नगरपालिकाहरूले प्रवेश शुल्क उठाउन थालेका थिए । 

सो अवधिमा ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर घुमेर गएका छन् । आर्थिक वर्ष २०८२र८३ अर्थात् २०८३ असार मसान्तसम्म यी पर्यटकले भक्तपुर भ्रमण गरेको तथ्याङ्क हो । तथ्याङ्कअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ पर्यटकले भक्तपुर घुमेका छन् । गैरसार्क मुलुकबाट भने ३४ लाख २८ हजार ४६ पर्यटकले यो अवधिमा भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुरको पर्यटनमा पछिल्ला तीनदशकमा उतारचढाव देखिएको छ । विसं २०५०/५१ मा ८७ हजार ३४५, २०५१/५२ मा ९७ मा हजार ७५७, २०५२/५३ मा एक लाख १२ हजार ७४०, २०५३/५४ मा एक लाख १० हजार ८५२ र २०५४/५५ मा एक लाख ५३ हजार २३० पर्यटकले भक्तपुर घुमेर गए ।

विसं २०५५/५६ मा एक लाख ९७ हजार ८०५, २०५६/५७ मा एक लाख ९७ हजार ८८१, २०५७/०५८ मा एक लाख ८० हजार ५३, २०५८र०५९ मा ९१ हजार ८००, २०५९/०६० मा ८५ हजार १५३, २०६०/६१ मा एक लाख १९ हजार ३९, २०६१/६२ मा ८७ हजार ६०५, २०६२र६३ मा ९२ हजार ३३० र २०६३/६४ मा एक लाख २१ हजार ४३१ ले भक्तपुर घुमे । 

त्यसपछिका वर्षमा क्रमशः २०७८/७९ मा ५३ हजार ५६०, २०७९/८० मा एक लाख ६७ हजार ६५२, २०८०/८१ मा दुुई लाख ४५ हजार ५९३, २०८१/८२ मा दुुई लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा दुई लाख २१ हजार ९७६ जना पर्यटक भक्तपुर आएका थिए । यसैले हालसम्म कुल जम्मा ५२ लाख ६५ हजार २६४ जना पर्यटक भक्तपुर भित्रिएका छन् ।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार  १८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।