आइएमई लाइफको खुद बीमाशुल्क ११३% ले बढ्यो, खुद नाफा १० करोड

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क संकलनलाई ११३.१४ प्रतिशतले बढाएको छ ।

कम्पनीले चैत मसान्तसम्ममा १ अर्ब ८५ करोड ११ लाख ७३ हजार रुपैयाँ खुद बीमश्ल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ८६ करोड ८५ लाख ६० हजार रुपैयाँ खुद बीमशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफामा सामान्य मात्र सुधार भएको छ । कम्पनीले १० करोड १ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ९ करोड ८१ लाख ३७ हजार रुपैयाँ कमाएको रिलायन्सको नाफा २.३ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.५४ रुपैयाँ रहेको छ । जगेडा कोष ४५ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा दुई अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.७५ रुपैयाँ छ ।

कम्पनीले १ लाख ४९ हजार २२ बीमालेख जारी गरी १ अर्ब ८९ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

चैत मसान्तसम्ममा कम्पनीले ३४ करोड ११ लाख ३ हजार रुपैयाँ खुद दाबी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३१ लाख १८ हजार खुद दाबी भुक्तानी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।