सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३०.०३ अमेरिकी डलर र चाँदी ६६.२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।