वैकल्पिक बाटोबाट ग्यास आयात हुन थाल्यो, अब अभाव नहुने


काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँमा वैकल्पिक बाटोबाट ग्यास भित्र्याउन सुरु गरेको छ । निगमले बिहब्ीार मात्रै करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर उपत्यका भित्र्याइएको हो ।

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास अभाव भएको थियो । निगमका अनुसार काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति गरिएको छ ।

निगमले वैकल्पिक मार्ग प्रयोग गरी इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू र तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ ल्याउन थालेको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि समेत निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।