काठमाडौँ । साताको पहिलो कारोबार दिन (सोमबार) सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा कायम भएको छ ।
आज वित्त समूह र व्यापार समूह बाहेक सबै उपसमूह हरियाली देखिएका छन् ।
सोमबार ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयरहरु ५० हजार ८४४ पटकमा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँमा किनबेच भएका छन् । बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
सोमबार पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको । त्यस्तै, गणपत्ति लघुवित्तको सेयर मूल्य ७.३५ प्रतिशतले र श्रीनगर एग्रिटेक ६.२६ प्रतिशतले बढेको छ । यता, इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइन्यान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपर लोहरे खोला जलविद्युत १३.३३ प्रतिशतले र आहा लघुवित्त ७.३९ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार रकमका आधारमा रिलायन्स स्पिकिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २५ करोड २१ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, गरिमा विकास बैंकको १७ करोड ८८ लाख ११ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोको १६ करोड २७ लाख ७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।





प्रतिक्रिया