
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २६७.८२ प्रतिशतले नाफा बढाएको छ ।
गत आवको यसै अवधिमा २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३६.६३ रुपैयाँ बढेर ५३.२९ रुपैयाँ पुगेको छ ।
जगेडा कोष १३६.५० प्रतिशतले वृद्धि गर्दै १५ करोड ३५ लाख ३३ हजार कायकम हुँदा प्रतिशेयर नेटवर्थ १५७.४० रुपैयाँ छ । संस्थाको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो ३२.४६ गुणा छ ।
मंगलबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तले १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ११ करोड २३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसबाट लघुवित्तले १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा संस्थाको निक्षेप संकलन ६३.५५, कर्जा लगानी ६०.६८, खुद ब्याज आम्दानी ७८.४० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा लघुव्त्ति ७२ लाख सञ्चालन नोक्सानीमा थियो ।
लघुवित्तको खराब कर्जा अनुपात केही घटेर ३.१५ प्रतिशतमा झर्दा कोषको लागत ६.२६ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया