कालिञ्चोक दर्शनको लाभांश घोषणा


काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ २४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  ०७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।