ग्लोबल आइएमई बैंकले तोक्यो साधारण सभा र बुक क्लोज मिति


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले असोज १६ गते, शुक्रबार, नेपाल पुलिस क्लब, भृकुटीपमण्डप, काठमाडौँमा बिहान ९ बजे २० औँ वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  ०८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।