नयाँ उद्योग मन्त्रीमा साह


काठमाडौँ । नयाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साह सिफारिस भएका छन् । यसअघि उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र साहले उनलाई नयाँ मन्त्री न्यूक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।

इन्जिनियर समेत रहेका साह गत फागुनको निर्वाचन भन्दा केहि समय पहिले सिके राउत नेतृत्वको जनमत पार्टी छोडेर रास्वपा प्रवेश गरेका थिए । राउतसँग छुट्टिएर सुरुमा नयाँ पार्टी गठन गरेका साह चुनाव मुखैमा रास्वपा प्रवेश गरेर सुनसरी ४ वाट निर्वाचित हुन सफल भएका थिए ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।