सुनको मूल्य तोलामा ४८ सयले घट्यो, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज एकैदिन सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आज चाँदी तोलामा २५५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३३.०१ अमेरिकी डलर र चाँदी ६३.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।