सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४८.७८ अमेरिकी डलर र चाँदी ६४.४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।