काठमाडौँ । सेयर कारोबारमा पुँजीगत लाभकर घट्ने भएको छ ।
अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको २१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि लाभकर घटाउने बताएको हो ।
कार्ययोजनामा व्यक्तिगत लगानीकर्ताका लागि एक वर्षभन्दा बढी अवधिपछि सेयर विक्री गर्दा प्राप्त हुने लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर तोकिएको छ ।
यस्तै, एक वर्षभन्दा कम अधविकोमा पाँच प्रतिशत पुँजीगत लाभकर तोक्ने उल्लेख छ । हाल एक वर्षभन्दा बढी अवधिका लागि ७.५ प्रतिशत र एक वर्षभन्दा कमका लागि १० प्रतिशत लाभकर लिने गरिन्छ ।





प्रतिक्रिया