घोडीघोडा लघुवित्तले ३६ लाख ६८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानीमा पुगेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी घटेपछि नोक्सानीमा पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी ७८ लाख ८६ हजार रुपैयाँ छ । जुन गत आवको यसै अवधिको तुलनामा १८.२६ प्रतिशत कम हो ।
यस्तै अघिल्लो आवको यसै अवधिमा ७ लाख ५४ हजार रुपैयाँ सञ्चालन नाफा गरेकोमा लघुवित्त हाल ४७ लाख ३५ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ ।
चुक्ता पूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७२ लाख ६६ हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको खराब कर्जा अनुपात ३.४३ बाट बढेर ६.६८ प्रतिशत पुगेको छ ।
कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त र कोहलपुर बाँकेमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएकाले गत कात्तिक २३ गतेदेखि नेप्सेमा शेयर कारोबार रोक्का छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया