काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से २१.१९ अंकले घटेर २६१२.४२ अंकमा झरेको हो।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ। बुधबार ३५० कम्पनीका १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर ५५ हजार ८३१ पटक कारोबार भएका छन्।
अाज कारोबारमा आएका सबै उपसूचक घटेका छन्। जीवन बीमा समूह सबैभन्दा धेरै ११८.९० अंकले घटेको छ।
समग्र बजार घटे पनि नारायणी विकास बैंकको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ। हिमाल दोलखा हाइड्रोपावर ५.३१ प्रतिशत, माउन्ट एभरेस्ट पावर ४.३८ प्रतिशत, कालिका लघुवित्त ४.३४ प्रतिशत र बोट्लर्स नेपाल (बालाजु) ३.५९ प्रतिशतले बढेका छन्।
यता, एनएमबी हाइब्रिड फण्ड–२ को इकाई मूल्य सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ। रिजलाइन इनर्जीको सेयर मूल्य ५.२१ प्रतिशत, नेपाल वेयरहाउजिङको ४.९६ प्रतिशत, स्वाभिमान लघुवित्तको ४.५८ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ४.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा रहेको छ। कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका कित्ताको आधारमा पनि हिमाल दोलखा हाइड्रोपावर नै अगाडि रहेको छ। कम्पनीका १६ लाख ६३ हजार ८९० कित्ता सेयर कारोबार भएका छन्। कारोबार संख्याका आधारमा पनि ३ हजार ३१६ पटकको कारोबारसहित हिमाल दोलखा शीर्षस्थानमा रहेको छ।





प्रतिक्रिया