काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२१.५ अमेरिकी डलर र चाँदी ६४.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया