उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ ।

विभागले आज प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ ।

चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मङ्गलबार सरोकारवालाहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।