स्वाभिमान लघवित्तको बोनस शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्तको १ लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनस शेयर बिहीबार सूचीकृत भएको हो ।

लघुवित्तले गत फागुन १३ गते बिहीबार सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि लघुवित्तले गत माघ ३० गते बुक क्लोज मिति तोकेको थियो । बुक क्लोज मिती भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम लकानीकर्ताले मात्र उक्त बोन शेयर पाउनेछन् ।

बिहीबार सूचीकृत भएको लघुवित्तको बोनश शेयर लगानीकर्ताको डिम्याट खातामा प्राप्त भएपछि खरिद बिक्री गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।