हिमालयन क्यापिटलद्धारा बाढीपीडितका लागि १० लाख सहयोग


काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले दिएको उक्त सहयोगमध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र १ लाख रुपैयाँ कम्पनीमा कार्यरत कर्मचारीको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो ।

हिमालयन क्यापिटलले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना जनाएको छ । साथै, बेपत्ता नागरिकको शीघ्र सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  १७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।