काठमाडौँ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
असोज १ गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया