सर्वोत्तम पेन्ट्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


काठमाडौँ । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।

कम्पनीले असोज २५ गते, आइतबार, होटेल जंगल स्पा प्रालि, गोदावरी, अत्तरिया, कैलालीमा १ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना तथा सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १३ गते मंगलबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।