मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।