काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसुचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । आज नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको हो ।
कारोबारमा आएका ३४५ कम्पनीका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयरहरू ६४ हजार ७२ पटक किनबेच हुँदा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ ।
बिहीबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ पुगेको थियो ।
बिहीबार अन्य समूह २.०७ प्रतिशतले र वित्त समूह ०.५६ अंकले घट्दा अरु सबै उपसुचकमा हरियाली देखिएको छ ।
स्नो रिभर्सको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको बजारमा इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९.८१ प्रतिशत, मौलुङखोला जलविद्युतको सेयर मूल्य ८.८४, याम्लिङ हाइड्रोपावर ६.२० प्रतिशत र बोट्लर्स नेपाल तराईको सेयर मूल्य ५.०६ प्रतिशतले बढेको छ ।
यता, हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा धौलागीरी लघुवित्तको सेयर मूल्य ५.१३ प्रतिशत, मातृभुमि लघुवित्तको सेयर मूल्य २.६४ र सन् राइज फ्रस्ट म्याचुअल फण्डको इकाई मूल्य २.६१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा कुमारी बैंक शीर्षस्थानमा रहेको छ । बैंकको २ हजार ४०४ पटकको कारोबारमा १४ लाख २६ हजार ४४२ इकाई किनबेच हुँदा ३२ करोड १३ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।






प्रतिक्रिया