सरकारद्वारा १३ देशमा राजदूत सिफारिस, क–कसले पाए जिम्मेवारी ?


काठमाडौँ । सरकारले विभिन्न १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विषयगत विज्ञता, अध्ययन-अनुसन्धान तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई विभिन्न देशका लागि राजदूत पदमा सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्य बेलायत (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा सिफारिस भएका छन्।

त्यस्तै, जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी र ओमानका लागि डा. पद्माक्षी राणालाई सिफारिस भएका छन्।

यसैगरी मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिसमा परेकाे हुन् ।

सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट अग्रिमो (सहमति) प्राप्त भएसँगै राष्ट्रपतिबाट उनीहरूलाई औपचारिक रूपमा राजदूत पदमा नियुक्त गरिनेछ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।