भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद


वीरगञ्ज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा बरामद गरिएको छ ।

बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।