नयाँ दिल्ली । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
तीन दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका उनले आज नेपाली दूतावासद्धारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले संविधानका विषय वस्तु सुधार गर्न सकिन्छ भन्ने व्यवस्था संविधान मै रहेको पनि स्पष्ट पार्दै ।
संविधान एउटा जीवन्त कानुनी दस्तावेज हो र यसमा आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदित गर्दै संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने प्रावधान संविधानभित्रै रहेको बताए । अर्थमन्त्री वाग्लेले भने, “संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।”
कार्यक्रममा बोल्दै उनले संविधान निर्माणको लागि सहादत प्राप्त गर्ने शहीदहरूको स्मरण अर्थमन्त्री डाक्टर वाग्लेले गरेका थिए । कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेका थिए । कार्यक्रममा कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापाले माननीय अर्थमन्त्रीलाई स्वागत गरेका थिए ।






प्रतिक्रिया