प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४०% ले बढ्यो, बीमा शुल्क ४८ करोड माथि

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद नाफा ४० प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ४०.५० प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तमा ९ करोड ६ लाख ३ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन रकम समेत बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३० करोड ६४ लाख४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा ६०.२१ प्रतिशतले धेरै हो ।

चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६.५४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८९.३० रुपैयाँ छ । चैत मसान्तसम्म इस्योरेन्सको जगेडा कोषमा २६ करोड १४ लाख ५१ हजार रुपैयाँ, बीमा कोषमा ६० करोड ५ लाख ८६ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४६ रुपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनवापत १० करोड ९१ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १४.२७ प्र्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत ९ करोड ५५ लाख रुपैयाँआम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ४१ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको चैत्र मसान्तसम्म कम्पनीले यस शिर्षकबाट ३ करोड ६२ लाख ३६ हजार रुपैयाँआम्दनी गरेको थियो ।

कम्पनीले अभिकर्ता कमिशन वापत ५ करोड १७ लाख रुपैयाँ खर्चेको छ । इन्स्योरेन्सले १ अर्ब ५ करोड ६८ लाख७५हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४ हजार १६१ बीमा दाबी वापत ४८ करोड ४५ लाख ५९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने २ हजार ५५१ बीमा दाबी वापत ४२ करोड २३ लाख रुपैयाँ अझै भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।