दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए


मनिला । दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् ।

हत्यासहित सवारी साधन चोरी (कान्यार्पिङ) को आरोप लागेका एक संदिग्धलाई पक्राउ गर्न सरकारी सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । त्यस क्रममा ती संदिग्ध र उनका सहयोगीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको अधिकारीे बताएका छन् ।

झडपमा छ जना सशस्त्र व्यक्ति मारिएको र घटनास्थलबाट पाँच थान राइफल बरामद गरिएको सरकारी अधिकारीले जनाएका छन् । घटनापछि सुरक्षा जोखिमका कारण करिब ३५० स्थानीय बासिन्दा अस्थायी रूपमा आफ्नो बस्तीबाट विस्थापित भएका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।