काठमाडौँ । सिजी ब्रान्डले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ग्राहकलाई आधुनिक प्रविधिसहितका घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक तथा विभिन्न उपहार उपलब्ध गराउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो ।
योजनाअन्तर्गत ग्राहकले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायतका उपकरण खरिदमा अधिकतम १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार वासिङ मेसिन खरिदमा ६ केजी, ४ केजी र २ केजी सर्फ एक्सेल डिटर्जेन्ट, माइक्रोवेभ ओभनमा कुकिङ किट तथा एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध हुनेछ ।
ग्राहकको सहजताका लागि ‘नागरिकता भए पुग्छ’ भन्ने योजनासहित शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साथै, सिजी इलेक्समार्फत पुराना विद्युतीय सामग्री साटेर नयाँ सामान खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि रहेको छ ।
सिजीको वार्षिक ‘भ्हउभचष्भलअभ ीषभ धष्तज ऋन्’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यो योजनाले ग्राहकलाई चाडपर्वको अवसरमा आवश्यक घरायसी उपकरण खरिदसँगै बचतको अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाले अत्याधुनिक प्रविधि र प्रिमियम डिजाइनमार्फत ग्राहकलाई थप सुविधा र अनुभव प्रदान गर्दै आएको जनाएको छ ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा सिजी डिजिटल शोरुम तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ ।
कम्पनीले बिक्रीपछिको सेवाका लागि सिजी केयर एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटमा लागू भइसकेको छ । थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६०–०१–०२–२११ वा १६६०–०१–००–२११ मा सम्पर्क गर्न सकीन्छ ।







