समाज लघुवित्तले डाक्यो विशेष साधारण सभा, यस्ता छन् प्रस्ताव


समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको बैशाख २३ गते सम्पन्न ६१ औँ बैठकले जेठ ११ गते सोमबार सभा आह्वान गरेको हो ।

सभा जानकी फेमली होटल एण्ड लज मलंगवा सर्लाहीमा दिनको २ बजेबाट संचालन हुने लघुवित्तले जनाएको छ ।

सभामा समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभीने, दुई संस्था गाभिएपछि बन्ने लघुवित्तको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लि. राख्ने लगायतका प्रस्तावहरु पारित गरिने छ ।