सुनचाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

सुनचाँदीको भाउमा सोमबार वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन प्रतितोला २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।