प्रभु सेलेक्ट फण्डको इकाईको बिक्री जेठ ५ गतेदेखि खुल्दै

0
Shares

आगामी जेठ ५ गतेदेखि सामुहिक लगानी कोष प्रभु सेलेक्ट फण्डको इकाई बिक्रीमा आउने भएको छ ।

फण्डको १ अर्ब रुपैयाँको १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरिन लागिएको हो ।

प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको यने पहिलो सामुहिक लगानी कोषको योजना हो ।

जारी हुने कुल १० करोड युनिट इकाईमध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकलाई सुरक्षित गरी बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई बिक्री खुल्नेछ ।

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

इकाईमा लगानीकर्ताले छिटोमा ९ गतेसम्म र सो अवधिमा सबै इकाई बिक्री नभएको खण्डमा ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईसम्म खरीदका लाििग आवेदन दिन सक्नेछन् ।

सात वर्ष अवधि रहेको बन्दमुखी प्रकृतिको यस योजनाले लगानीकर्तालाई ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने जनाइएको छ ।

नेपाल धितोपत्र बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्कासनका लागि स्वीकृति दिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।