सूर्या लाइफको खुद नाफा ५६% ले बढ्यो, बीमाशुल्क संकलन सवा तीन अर्ब

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले कमाएको यो नाफा बीमांकीय मुल्यांकन अघिको नाफा हो ।

गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ५५.८८ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्ममम कम्पनीले ८२.५४ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढाएर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १७.१५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३०.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.९३ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ३४.७१ प्रतिशतले बढेर ८० करोड ८५ लाख ९१ हजार रुपैयाँ, जीवन बीमा कोष ५०.८० प्रतिशतले बढेर १० अर्ब १ करोड ३८ लाख ६८ हजार रुपैयाँ र महाविपत्ति कोष ४०.६२ प्रतिशतले वृद्धि भई १४ करोड २९ लाख रुपैयाँ सञ्चित भएको छ ।

इन्स्योरेन्सले चैत मसान्तसम्ममा ४ हजार ८३९ वटा दाबी बापत ५७ करोड ६ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ९२ वटा दाबी बापत परेको ३ करोड ६१ लाख ६९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

चैत मसान्तसम्ममा कम्पनीले ३ लाख ३२ हजार ६०४ वटा बीमालेख जारी गरेर ३ अर्ब २८ करोड १८ लाख ४८ हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा सूर्या लाइफले लगानी कर्जा तथा अन्य आयबाट ६१ करोड ५९ लाख १२ हजार रुपैयाँ र बीमालेख धितोबाट ७ करोड ३१ लाख ६१ ह्जार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ८ अर्ब ६१ करोड १७ लाख रुपैयाँ दीर्घकालीन कर्जार र २ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ अल्पपकालीन कर्जा लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।