अब बैंकहरूले ४५ दिनमै सेयर बिक्री गर्न पाउने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको सेयर लगानी नीतिमा लचक व्यवस्था गरेको छ । ‍राष्ट्र बैंकले सेयर तथा डिबेन्चर खरिद गरेपछि बिक्री गर्न नपाउने अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरेको हो।

बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजार तथा धितोपत्रमा गर्ने लगानीलाई बढी अनुशासित, पारदर्शी र जोखिममुक्त बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लगानी जोखिम नियन्त्रण तथा संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।

यसका साथै, सरकारी ऋणपत्र, राष्ट्र बैंक ऋणपत्र तथा सेयर तथा डिबेञ्चरमा लगानी गर्दा हुन सक्ने सट्टेबाजी जोखिम न्यूनीकरण गर्न सञ्चालक समितिबाट स्पष्ट नीति तथा कार्यविधि स्वीकृत गराउनुपर्ने भएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।