सुनको भाउ बढ्यो, चाँदीको घट्यो

0
Shares

सुनको भाउमा मंगलबार पनि वृद्धि भएको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार थप ३०० रुपैयाँले महङ्गिएको हो । यता चाँदी भने सोमबार बढेकोमा मंगलबार पुनः १५ रुपैयाँले नै घटेको छ ।

सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार मंगलबारका लागि नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३४५ रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार सोमबारको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सहित सुनको भाउ लगातार पाँच कारोबार दिन बढेको छ । यसबीचमा बैशाख २२ गते तोलामा ३०० ले घटेर ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन त्यस यताको पाँच कारोबार दिनमा मात्रै तोलामा २०० हजार रुपैयाँले बढिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।