मध्यपहाडी लोकमार्ग पनि अवरूद्ध


काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ ।

पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमादी खोलामा खसेको पहिरोले उक्त सडक अवरूद्ध भएको हो । पहिरो पन्छाउने क्रम जारी छ ।

यसैगरी, सहस्रधारामा कालीगण्डकीले सडक कटान गरेको छ । पोखरालाई म्याग्दी र मुस्ताङसँग जोड्ने सडक पनि अवरूद्ध भएका कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।