
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप १५ दिन थप्ने निर्णय गरेका हुन् । यससँगै निषेधाज्ञा जेठ १३ गते बिहीबारसम्म लम्बिने भएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा बैशाख २९ गते बुधबारसम्म कायम रहेको थियो ।सुरुमा बैशाख १६ देखि २२ गतेसम्म जारी भएकोमा पुनः एक साता निषेधाज्ञाको समय बढाइएको थियो ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि तेस्रो चरणको निषेधाज्ञा थप कडा हुने भएको छ । प्रजिअहरुको बैंठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्न पूर्ण रुपमा रोक लगाउने र १० जना भन्दाबढी सहभागि हुन नपाउने निर्णय समेत गरेको छ । अहिले सम्म विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा १५ जनासम्म सहभागि हुन अनुरोध गरिएको थियो ।
यसैगरी यस अवधिमा राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ । यस्तै उपत्यकामा बिहान ९ बजेसम्म रहेको समय बढाएर १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय भएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया