सिजी स्मार्ट घरायसी उपकरणमा दशैं–तिहार लक्षित योजना सार्वजनिक


काठमाडौँ । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।

उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना सार्वजनिक गरिएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत विशेष उपहारहरू जित्न सक्नेछन् ।

योजनाका प्रमुख आकर्षणहरूमा भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् । भाग्यशाली विजेताले कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका स्मार्ट घरायसी उपकरणहरूको खरिदपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि सजिलै दर्ता गर्न सक्नेछन् ।

सिजीको ‘एक्पिरियन्स लाइफ विथ सिजी’ वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको छ । यसअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ ।

सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।