साढे ८२ लाख नगद सहित हुन्डी कारोबारी प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बारा महागढीका १८ वर्षिय कलामुद्दिन अन्सारी, भारत.मोतिहारी रक्सौलका २७ वर्षिय बिकास कुमार, भारत मोतिहारी पूर्वी चम्पारण थाना रक्सौलका २२ वर्षिय गुड्डु कुमार र भारत मोतिहारीका १८ वर्षिय साहिल गुप्तालाई नगद सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुका साथबाट साढे ८२ लाख रुपैयाँ नगद पनि फेला परेको छ । उनीहरुलाई बुधबार सीमावर्ती क्षेत्रका अलग अलग स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ना.८ प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।